कैलालीका थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने

धनगढी : कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् । अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले बताउनुभयो । 

Dengue

सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । पश्चिम तराईबासी थारु समुदायका मानिसले धूमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन् । यस पर्वमा थारु पुरुषले व्रत बस्ने गर्छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार