कैलाली । गृहमन्त्री रमेश लेखकले जनतालाई न्याय दिने कुराका आफू पछि नहट्ने बताएका छन् ।
मंगलबार गृहजिल्ला कञ्चनपुर आएका गृहमन्त्री लेखकले प्रेस युनियन कैलालीद्धारा आयोजित पत्रकार सम्मेलनमा जनतालाई न्याय दिने कुरामा आफू कदापी पछि नहट्ने बताएका हुन् ।
उनले कानूनको पालना गर्ने÷गराउने र जनतालाई न्याय दिने आफ्नो दायित्व भएको भन्दै जनतालाई न्याय दिने कुरामा आफू पछि नहट्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका नेतासमेत रहेका लेखक गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्