सबै दलको सहमतीका आधारमा सबिंधान संसोधन हुने : गृहमन्त्री लेखक

धनगढी : गृहमन्त्री रमेश लेखकले अहिलेको सरकार विशिष्ट परिस्थितिमा बनेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सामान्य रुपमा देशको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउने कुरा नहुने भन्दै लेखकले विशिष्ट परिस्थितिमा मात्रै ठुला दल मिलेको स्मरण गरे ।

यसले विशिष्ट परिणाम पनि दिएको उनले बताए । सशस्त्र संघर्षलाई मिलेर शान्ति प्रक्रियामा ल्याउन, अन्तरिम र नेपालको संविधान बनाउन हामी एमाले र काग्रेंस मिलेको बताउँदै लेखकले अहिले दुई ठुला दल मिलेर सरकार निर्माण हुँदा सुखद परिणाम प्राप्त भइरहेको दावी गरे ।

Dengue

मुलुकमा राजनीतिक स्थिरता नभएपछि केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीले प्रत्येक महिना विश्वासको मत लिनुपर्ने बाध्यता रहेको भन्दै उनले स्थिर सरकार र स्थिर समिकरण निर्माण अहिलेको प्रार्थमिकता रहने बताए ।

गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने तथा संविधानको अभ्यासको क्रममा देखिएका सरलता र जटिलताको समिक्षा गरेर संविधानको संशोधन गर्ने पनि अहिलेको सरकारको उद्येश्य रहेको बताए ।

अहिलेको सरकारले सकारात्मक परिणाम दिन थालेको बताउँदै उनले १८ वर्षदेखि संक्रमकालिन न्यायको विषय निष्कर्षमा पुग्न नसकेकोमा सरकार बनेको केही समयमै निष्कर्षमा पुगाएको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग पनि छिट्टै गठन हुने बताए ।

मन्त्री लेखकले वर्तमान सरकार बनेपछि अहिले अर्थतन्त्र पनि लयमा फर्किरहेको बताए । जिवी राई कहिले पक्राउ पर्छन रु भन्ने पत्रकारको जिज्ञासमा मन्त्री लेखकलसबै कुरा कानूनअनुसार अगाडि बढ्छन् र त्यो पनि अगाडि बढिरहेको बताए ।

गृहमन्त्री लेखकले सबिंधान ससोंधन गर्दा सघिंय लोकतान्त्रीक ब्यवस्था र समावेशितालाई प्रतिकुल हुने गरी काम गरिने बताए । काग्रेंस एमालेको मात्रै नभएर अन्य सबै दलहरुको राय सुझाव र सहमतीका आधारमा सबिंधान संसोधन हुने उनको भनाई थियो ।

गृहमन्त्री लेखक आज र भोली गृह जिल्ला कञ्चनपुरका बिभिन्न कार्यक्रममा सहभागी हुने छन् । पर्सी बिहिबार कञ्चनपुरबाट धनगढी हुँदै काठमाण्डौँ प्रस्थान गर्ने कार्यतालिका छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार