नेपालमा हैजा सङ्क्रमणको सङ्ख्या बढ्दै !

काठमाडौं : यो वर्ष (सन् २०२४) को १९ जुलाईयता २ सेप्टेम्बरसम्म ६ जिल्लाका ७८ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंमा निरन्तर हैजा संक्रमण बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ  ।

यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित ललितपुरमा देखिएका छन् । यो अवधिमा ललितपुरमा ५१ जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १२, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ ।

Dengue

संक्रमित हुनेमा ३६ जना महिला र ४२ पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्वारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी, अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार