कंचनपुरमा प्रहरीले फेरि समात्यो ५८ लाख बढिको सामान!!!

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

SHIKHAR COOL TECH

उहाँक अनुसार बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेक्ट्रोनिक्स सामानलगायतका छन् । बरामद सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार