उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’, धनगढीमा लेखकसंग संवाद कार्यक्रम सम्पन्न

भक्तराज जोशी

कैलाली : जुझारु युवा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तकबारे प्रेस क्लव धनगढीमा लेखक संग संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सुदुरपश्चिमको धनगढीबाट अढाई दशक देखि नेपाली पत्रकारितामा नाता गासेका जुझारु युवा पत्रकार उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तक गत सात विमोचन भएको थिए ।

Dengue

पञ्चायत पुस्ता पछिका उपाध्याय त्यसपछि राज्य संचालनमा देखा परेका अधिक उतारचढावको भेलमा पौडिएर शसक्त पत्रकारिता गर्दै आइरहेका व्यक्ति हुन् । त्यही शसक्त पत्रकारिताकै क्रममा उहाँले एउटा सक्रिय संवाददाताका रुपमा सशस्त्र द्धन्द्धको पुरै अवधिमा देखेभेगेका क्षणहरुलाई समेटेर नेपाली पत्रकारितामा नयाँ आयाम दिने उद्धेश्य सहित सो पुस्तक जन्म भएको उपाध्यायले जनाएका छन् ।

तत्कालीन अवस्था भएको माओवादी द्धन्दको पहिलो पहलमानपुर घटना भएको आमसभामा रिपोटीङका बेला पत्रकारमाथि भएको त्यो दमन जुन दमनमा स्वाच्छ पत्रकारिता पेशामा आवद्ध पत्रकारको जिवनमा जसरी माओवादी द्धन्दको त्यो समय आगो ज्वाला बनेर दन्किए त्यसरी नै कैलालीको पत्रकारिता र पत्रकार माथि ठुलो असर पर्यो । कति मारिए ! कति अंग भंग भए ! कति विस्थापित भए ! कति बेपता भए त कति पत्रत्रिका बन्द भए !

त्यो बेलाको पिडालाई सम्झना स्वरुप कैलालीका पत्रकार र पत्रकारिता बारे आफु मात्र नभई सिंगो कैलालीको पत्रकारिता क्षेत्र नै साक्षि रहेको उनले बताए ।

उनले भनेका छन् यो पुस्तक व्यक्तिगत संस्मरण मात्रै नभएर यसले नयाँ पुस्तालाई द्धन्द्धग्रस्त नेपालको पत्रकारिता कस्तो थियो भन्ने सम्झना ऐनामा उतारिएको जस्तै स्पष्ट रहेको सुनाए । सुदरपश्चिमा द्धन्दकालीन अवस्था कस्तो थियो र सुदुरपश्चिमका पत्रकारले कस्तो समस्या भोगेका थियो भन्ने बारे मात्र नभई विगतमा दिनमा अग्रज पत्रकारले द्धन्द पत्रकारितामा भोग्नु त्यो पिडा र समस्या झल्किने एक गरी यो पुस्तक प्रकाशन भएको बताए ।

मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रुपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सविस्तार समेटिएको छ । सङ्गम बुक्स पब्लिकेसन प्रालि द्धारा प्रकाशित १५४ पृष्ठको सो पुस्तकमा भुमिका सहितको टिप्पणी रहेको उक्त पुस्तकले सिगो सुदुरपश्चिममाका मात्र नभई सिंगो नेपाली पत्रकारिताको इतिहासको रुपमा रहेने उपाध्यायले जनाएका छन् ।

सो पुस्तकमा बिथोलिएको माओवादी आमसभा, पण्डौनले व्यहोरेको युद्ध, मुद्धा शान्तिमा बनबेहडा,सैन्य क्याम्पमा चार रात, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दोष मारिएका दुई घटना, न्यायको अपूरो लडाई, धम्कीले नडगेको कलम, बम गोली सँग अभ्यस्त,कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमण लगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धी विभिन्न खाले कारुणिक र मार्मिक सहितका २४ घटना समेटिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार