धनगढीमा बेवारिसे पेस्तोल फेला

धनगढी : कैलालीको धनगढीमा बेवारिसे पेस्तोल फेला परेको छ । धनगढी उप–महानगरपालिका –७ मनेहरा स्थित जुगेडा जाने बाटो छेउमा पेस्तोल फेला परेको हो ।

जुगेडामा केही व्यक्ति लागू औषध सेवन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाउनु भएको छ । 

Dengue

घाँस भित्र बिना म्याग्जिनको एक नाले पेस्तोल बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरी पुगेपछि लागू औषध प्रयोगकर्ता भने फरार भएको प्रहरीको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार