विश्वकप लिग-२ : श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै !

काठमाण्डौ : आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरु हुन लागेको हो ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीवार हुनेछ । यसअघि दोस्रो खेल बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकामा नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

Dengue

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ । यो श्रृङ्खलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने श्रृङ्खला हुनेछ । यो श्रृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार