काठमाडौँ : आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
बिहान १० बजे नै बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्