गोदावरीमा ‘तीज महोत्सव’ आयोजना हुँदै

अनिता धामी

कैलाली । कैलालीमा ‘तीज विशेष सांस्कृतिक महोत्सव २०८१’ आयोजना हुने भएको छ ।

हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा उक्त महोत्सव आयोजना हुने भएको हो ।

Dengue

महोत्सव वाईएन प्रोडक्सन र ऐजे डान्स स्टुडियोको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो । तीजको अवसरमा आयोजना हुन लागेको उक्त महोत्सव विश्वनाथ शिव मन्दिरको प्राङ्गडमा भदौ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । त्यस्तै महोत्सवमा स्थानीय कला र संस्कृति झल्किने गरी महिला नृत्य प्रतियोगितासमेत आयोजना गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रतियोगिलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवको नारा भने ‘कला संस्कृतिको जगेर्ना हाम्रो चाहना’ राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार