प्रधानमन्त्री ओली र बार एसोसिएसनका पदाधिकारीबीच वार्ता हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच भेटवार्ता हुने भएको छ। सोमबार दिउँसो ३ बजेका प्रधानमन्त्री ओलीले बारका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।

न्यायपरिषद्‌ले उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी गरेका बेला बार विरोधमा उत्रिएको थियो।

SHIKHAR COOL TECH

बारले न्याय परिषद् नियमावलीमा गत वर्ष भएको संशोधनको विरोध गर्दै आएको छ। यस नियमावलीले कर्मचारीलाई प्राथमिकता दिएर कानुन व्यवसायीप्रति विभेद गरेको बारको आरोप छ।

बार एसोसिएसनले आइतबार न्याय परिषद् सचिवालयमा धर्ना दिएको थियो।

मर्यादाक्रमलाई फरक पर्नेगरी कुनै कानून बनाइने छैन भन्ने संविधानको धारा १४१ को उपधारा ९३० को व्यवस्थाको बर्खिलाप हुनेगरी न्यायपरिषद्ले नियमावली जारी गरेको भन्दै नियमावली अनुरुप न्यायाधीश नियुक्त हुँदा गैरसंवैधानिक हुने बारका पदाधिकारीले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार