जापानको नायोगामा गठन गरियो सुदूरपश्चिम समाज

धनगढी : जापानमा चुरुमाई पार्क नायोगामा सुदूरपश्चिम समाज गठन गरिएको छ । जापानको चुरुमाई पार्क नागोयामा सुदूरपश्चिमबाट विभिन्न सिलसिलामा जापान गएकाहरुको भेला गरी सुदूरपश्चिम समाज गठन गरिएको हो ।

दिपेन्द्र खड्काको नेतृत्वमा भेलाले १२ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कुल रावल र रोहित थापा, सचिवमा गजेन्द्र रावल र सह सचिवमा माधव जोरा चयन भएका छन । यसैगरी भेलाले चक्र धामी, दिपेन्द्र विष्ट, गोकुल साउँद, महेश खड्का र विक्रम शाहीलाई सदस्यमा चयन गरेको छ ।

Dengue

भेलाले ६ जनालाई सल्लाहकारमा चयन गरेको छ । जसमा प्रविन ओझा, महेश खड्का, नवराज शाही, राजेश जोशी र दुर्गेश रहेका छन । रोजगारी तथा अध्ययनको सिलसिलामा जापान गएका सुदूरपश्चिमेलीहरुलाई भैपरी आउने समस्याको समाधानका लागि समिति गठन गरिएको समितिका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र खड्काले जानकारी दिए ।

त्यसबाहेक नेपालबाट अध्ययनको सिलसिलामा आएका विद्यार्थीहरुको वृद्धि विकास र शैक्षिक सुधारका निम्ति आवश्यक परामर्श र सहयोग गर्ने, जापानमा रहदै आएका नेपाली विद्यार्थीहरुको भैपरी आउने समस्या समाधानको लागि आर्थिक कोष निर्माण गर्ने पनि समितिले उद्देश्य राखेको उनले बताए ।

उनका अनुसार त्यतिमात्रै नभई जापानमा नव आगन्तुक विद्यार्थीहरुको बेरोजगारीको समस्या र काम गरिरहेका विद्यार्थीहरुको कामको सिलसिलमा आउने समस्याहरुका समाधानका निम्ति ‘फास्ट एक्सन टिम’ निर्माण गर्ने, सुदूरपश्चिमको संस्कृति, पहिचान र भेषभुसाको जगेर्ना गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने, प्रवासी नेपालीहरुको आम्दानीलाई नेपालमै लगानी गर्ने लगानी मैत्री र प्रविधिमैत्री वातावरण सृजना गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक छलफल अगाडी बढाउने लगायतका कार्यहरु पनि समितिले गर्नेछ ।

उनले रोजगारी या अध्ययनको सिलसिलामा जापानमा रहेका सुदूरपश्चिमेलीहरुलाई कुनै समस्या भए आफ्नो नम्बर ०८०९८३१४७२३, उपाध्यक्ष कुल रावलको नम्बर ०९०९१९५२१९९ र सचिव गजेन्द्र रावलको नम्बर ०७०४८१७५२०६ मा सम्पर्क गर्न अनुरोध गरेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार