गोदावरीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

धनगढी : कैलालीको गोदावरीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन । आइतबार राती प्रहरीले कटुवा पेस्तोल सहित गोदावरी नगरपालिका – ५ गेटा बिस्कुट फ्याक्ट्री नजिक राजपुरका २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन ।

उनलाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट १ कटुवा पेस्तोल (काठ र फलामले बनेको, खिया लागेको, घरमा बनाएको जस्तो देखिने) फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका रानालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको जनाइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार