साउनमा आएको बाढीपहिरोका कारण मार्माका ३६ घर परिवारको बिचल्ली !

अनिता धामी

धनगढी : दार्चुलाको मार्मा गाउँपालिकामा साउन महिनामा गएको बाढी पहिरोमा परेका पीडित परिवार अहिले शास्त्री भोगिरहेका छन् । मार्मामा साउनमा आएको बाढीपहिरोबाट ३६ घर परिवार समस्यामा परेका हुन।

गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी का अनुसार मार्मा गाउँपालिका–४, मर्मतीका २३ परिवार, वडा नं.५ गन्याडीका छ परिवार र मुरैका दुई परिवार, वडा नं ६ का तीन परिवार र वडा नं ३ का दुई परिवार गरी ३६ परिवार यो वर्ष बाढीपहिरोको चपेटामा परेका छन्। उनले भने बाढी पहिरो पीडितले अहिले स्थानीय सरकारसँग राहत र पुनस्र्थापनाको माग गरिरहेका छन् । अहिले ती परिवार स्थानीय विद्यालय र आफन्तकोमा बसेर रात बिताइरहेका छन् ।

Dengue

स्थानीय चन्द्रा बिष्टका अनुसार बाढीपहिरोले पशु र धनजनको क्षति भएको र हिउँदमा समेत घरमा बस्न सक्ने स्थिति समेत नभएको बताएकी छन्। उनले भनिन् घरको तल्लो क्षेत्रबाट चमेलिया नदीले कटान गरिरहेको छ र माथिबाट पहिरोले च्यापेपछि अहिले हामी बिचल्लीमा परेका छौ ।

बाढीपहिरोले मर्मतीगाउँमा सबैभन्दा बढी क्षति पुर्‍याएको र निर्माणाधीन तपोवन–मुरै–निम्ठा सडकका कारण बाढीपहिरो निम्तिएको स्थानीय भीमराज विष्टको भनाई छ। शुक्रबार एमाले नेता गणेशसिंह ठगुन्ना नेतृत्वको टोली र केही दिनपहिले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी नेतृत्वको टोलीले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरी स्थानीयसँग भेटघाट गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार