बझाङ र अछामको साँफेमा भोलीदेखी नियमित उडान

धनगढी : समिट एयरले भोलीदेखी बझाङ र अछामको साँफेमा नियमित उडान गर्ने भएको छ । धनगढी बिमानस्थलबाट बझाङ र साँफे उडान नियमित गर्ने समिट एयरले जनाएको छ ।

समिटले प्रत्येक हप्ताको सोमबार र बिहिबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान भर्ने समय तालिका राखिएको छ । 

Dengue

नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ। यो सोमबार उडाउन भर्ने कार्यतालिका हो।

अर्को उडान बिहिबार सिमिकोटबाट धनगढी–बझाङ र त्यहाँबाट नेपालगन्ज हुने तालिका रहेको छ । समिट एयरले सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित उडान गर्ने योजना बनाएपनि मौसम लगायतका बिभिन्न कारण उडान कार्य अवरुद्ध बन्न पुगेको थियो। 

२०३५ सालदेखी पुर्ण रुपमा बन्द रहेका बझाङ लगायतका बिमानस्तथल पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो।

यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो। समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार