हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म

एजेन्सी : दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ । 

अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुबै स्वस्थ रहेका र उनीहरूकी आमा पनि स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताउनुभयो । आङका अनुसार पहिले केटो र त्यसको चार मिनेटपछि केटी जन्मिएका थिए ।

Dengue

जुम्ल्याहा हात्तीले सुरुमा दुई दिनसम्म आमाको दूध पिउन नसक्ने भएकाले उनीहरूलाई बोतलबाट दूध खुवाइएको थियो । तेस्रो दिनदेखि जुम्ल्याहा बच्चाले आमाको दूध खान थालेका छन् । सन् १९६० पछि म्यान्मामा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२ औं घटना हो ।

अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित नौ वटा हात्ती रहेको र यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार