नेपालमा पनि फैलियो मङ्की पक्स

एजेन्सी : अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको छ । डाक्टरहरूका अनुसार नेपालमा जोखिम रहे पनि  कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एशोसिएशनले काठमाण्डौमा गरेको कार्यक्रममा डा. पुनले विगतमा स्वाइन फ्लू र कोभिडको प्रकोप पनि दक्षिण एशियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताउनुभयो ।

SHIKHAR COOL TECH

सन् १९५८ मा बाँदरहरुमा देखिएको मङ्की पक्स रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो ।यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको उहाँले बताउनुभयो ।

ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । नेपालमा अहिले डेङ्गी र हैजाको समस्या बढ्दै गएको छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र हैजालगायतका अरु सरुवा रोगबाट जोगिन पानी र खानासँगै सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सल्लाह छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार