बाजुराको जिल्ला अस्पतालमा औषधी अभाव

बाजुरा : जिल्ला अस्पताल बाजुरामा औषधी अभाव भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोल सहित अन्य औषधिको अस्पतालमा अभाव भएको हो । औषधी अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेका छन ।

जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोन लगायत २९ बढी प्रकारका औषधि अभाव भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए ।

Dengue

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष औषधि खरिदका लागि जिल्ला अस्पताल बाजुरालाई १० लाख रुपैयाँ दिएको थियो । तर, उक्त बजेट अघिल्लो आर्थिक वर्षमै अपुग भएको अस्पताल प्रशासनको भनाइ छ ।

सदरमुकाम मार्तडीमै रहेको जिल्ला अस्पतालमा अधिकांश औषधि अभाव भएपछि निजी स्वास्थ्य संस्थाबाट औषधि किन्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

अस्पतालमा निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार