देशभर हैजाको संक्रमण बढ्दै, ७५ जनामा हैजा पुष्टि

काठमाडौँ : देशका ६ जिल्लामा हैजा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ । 

ईडीसीडीका अनुसार साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना निको भइसकेका छन् भने एक जना अस्पताल भर्ना भइ उपचाररत छन् ।

Dengue

देशभर पुष्टि भएको हैजा सङ्क्रमितमध्ये रोल्पाका ४ जना बाहेक ५० जना ललितपुरका छन् । यस्तै, काठमाडौँका १० जना, कैलालीका ८ जना छन् । यस्तै, मकवानपुरमा १ जनालाई सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

दूषित पानी तथा खानेकुरा सेवनले हैजा सङ्क्रमण हुन्छ । पिउने पानी र उपभोग्य वस्तुको शुद्धतामा ध्यान दिन चिकित्सकले सुझाएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार