धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघ एन्फाबीच सम्झौता

धनगढी : कैलालीको धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्नका लागि धनगढी उपमहानगरपालिका र अखिल नेपाल फूटबल संघ एन्फाबीच सम्झौता भएको हो ।

फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ विनियोजन भएपछि सम्झौता भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र उपमहानगरपालिका मेयर गोपाल हमालले हस्ताक्षर गरेका छन् ।

Dengue

‘धनगढी उपमहानगरपालिका–१८, फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माणका लागि दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता कार्यक्रम सम्पन्न भएको छ,’ मेयर हमालले भने, ‘फूलबारीको डिपोबजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जग्गामा कम्तिमा पाँच हजार जना दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र (एकेडेमी) निर्माणका लागि सम्झौता भएको हो ।’

फुटबल एकेडेमीले धनगढीको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने मेयर हमालको विश्वास छ । अखिल नेपाल फुटबल संघको भदौ ११ र १३ मा बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको हो । यसअघि कैलालीकै टीकापुरमा प्रशिक्षण केन्द्र निर्माण गर्ने तयारी थियो । तर, जग्गा व्यवस्थापन हुन नसक्दा उक्त योजना अलपत्र परेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार