काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १७ सय ९५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ रहेको थियो।
प्रतिक्रिया दिनुहोस्