आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै !

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बस्ने बैठकले सबै प्रस्ताव सर्वसम्मत रुपले पारित गर्ने तयारी रहेको छ ।

प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले बैठक रोकिएको थियो । केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आइतबार दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने जनाइएको छ ।

Dengue

गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो । शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार