व्याण्ड कम्पिटिसनमा च्याम्पियन पोखराको गुरुकुल विद्या सदन

पोखरा : पोखराको गुरुकुल विद्या सदन दोस्रो इन्टरस्कुल व्याण्ड कम्पिटिसनमा च्याम्पियन बनेको छ । पोखरा सांगीतिक कलाकार संघ आयोजनामा शनिबार भएको ग्राण्ड फिनालेमा अन्य १८ ब्याण्डलाई पछि पार्दै उपाधिसहित १ लाख, ट्रफी र प्रमाणपत्र हात पारेको हो ।

‘शिक्षासँगै संगीत’ भन्ने मूलनाराका साथ पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भएको २ दिनसम्म भएको प्रतियोगितामा ग्लोबल कलेजियट मावि दोस्रो र फिस्टेल एकेडेमी तेस्रो भए । दोस्रो र तेस्रोले क्रमशः ५० हजार र २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Dengue

बेष्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेष्ट लिड गिटारिष्टमा प्रतिभा माविका सायुस बज्राचार्य उत्कृष्ट घोषित भए । त्यस्तै, बेष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्यूजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए ।

पब्लिक च्वाईसतर्फ गण्डकी बोर्डिङ स्कुल परेको छ । जुरी च्वाइसको उपाधि मदरल्याण्ड मावि (बि) ले जित्यो । विधागत रुपमा उत्कृष्ट भएकालाई नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

शनिबार पोखरा सभागृहमा भरिभराउ दर्शकबीच भएको फाइनलमा सगरमाथा मावि, प्रतिभा मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले पनि प्रस्तुति दिएका थिए । उनीहरुले आफ्नो मौलिक १ र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेका हुन् ।

संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) गुरुङका अनुसार प्रतियोगितामा भाग लिएका १९ स्कुल व्याण्डमध्ये शुक्रबारको प्रस्तुतिमा १० छानिएका थिए । विजयीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कृत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार