नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिमको प्रदेश अध्यक्षमा लेखक सर्बसम्मत

कंचनपुर : “मर्यादित ब्यबसाय, मर्यादित व्यावसायिक एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ कंचनपुरको महेन्द्रनगरमा सम्पन्न नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा गजेन्द्रदेब लेखक सर्वसम्मत चयन भएका छन । शनिबार भएको संघको दोश्रो अधिबेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सचीव एक पदमा भने निर्वाचन भएको थियो । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाश चन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सहकोषाध्यमा बंशिधर कलौनी चयन भएको मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए ।

Dengue

सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन । सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छिन । ६० मत खसेकोमा २ मत बदर भएको थियो । त्यसैगरि सदस्यहरूमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुन सिंह कठायत, शैलेश कुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकर प्रसाद शर्मा र राम बहादुर चौधरी निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए ।

यसअघि संघको कार्यबाहक अध्यक्ष फोनिराम चौधरीको सभापतित्वमा भएको नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिमको प्रदेशको दोश्रो अधिबेशन कार्यक्रममा औषधि ब्यबस्था बिभागमा महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार