१७ औँ पुस्तकालय दिवस सम्पन्न

काठमाडौं : १७ औँ पुस्तकालय दिवस सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काठमाडौंमा मन्त्री विद्या भट्टराईको अध्यक्षतामा  सो कार्यक्रम सम्पन्न भएको हो । 

मन्त्री भट्टराईले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापन सम्बन्ध स्पष्ट कानुन तथा नीतिको अभाव रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाइन् । 

Dengue

यस्तै पछिल्लो समय विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।  

यस्तै पूर्वमन्त्री गणेश शाहले पुस्तकालय समाजको ऐना भएको बताए । रसियन हाउसका निर्देशक एन्तोन मास्ेभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको र आजकै दिन शैक्षिक सत्रको थालनी हुने बताए । 

 यस्तै कार्यक्रममा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनौट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान गरिएको थियो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार