महामन्त्री गगन कुमार थापाको प्रतिवेदन परिमार्जन सहित अघि बढाइने


काठमाडौँ : नेपाली काग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेकोे प्रतिवेदनलाई परिमार्जन सहित बढाइने कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले जनाएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिवार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने निर्णय गरेको हो ।

Dengue

यसैगरि महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरुले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

केहि दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरुमाथि छलफल भइरहेको छ । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उनको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार