नेपाल औषधि ब्यबसायी संघ सु.प.प्र.को दोश्रो साधारणसभामा सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

कंचनपुर : नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिमको प्रदेशको दोश्रो अधिबेशनको उदघाटन सत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन । उपाध्याले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन । 

उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि औसधि ब्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकालले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका छन । कार्यक्रममा उपाध्याय संगै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न ब्यक्ति सम्मानित भएका छन ।

SHIKHAR COOL TECH

उपाध्यायलाई प्रदान गरिएको सम्मान पत्रमा “रक्तदान जीवनदान भन्ने मुल मन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्व:स्फुर्त रुपमा हालसम्म १०६ पटक रक्तदान गर्नुका साथै रक्तदानको बिषयलाई सामाजिकरण एबम जागरण गराउने कार्यमा यहाँले  पुर्‍याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै आगामी दिनमा समेत निरन्तर सेवा गरिरहनु हुनेछ भन्ने अपेक्षा राख्दै यहाँको उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ ।” भनिएको छ । 

नेपाल औसधि ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको दुई बर्षे कार्यकालका लागि आज निर्वाचन हुदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार