ट्याक्टरको पछाडीको भागमा ठोक्किएर मोटरसाइकल चालक घाइते

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरको पछाडीको भागमा ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन्।

हिजो (शुक्रबार) साँझ धनगढी उपमहानगरपालिका–६ मटियारीमा धनगढी–९ का ३५ वर्षीय कम्मानसिंह ठगुन्नाले चलाएको से १ त ४४०७ नम्बरको ट्याक्टरको पछाडीको भागमा गोदावरी नगरपालिका–९ का ४९ वर्षीय प्रेम चौधरीले चलाएको से ६ प ५४६५ नम्बरको मोटरसाइकल ठोक्किदा छाती र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

Dengue

घाइते मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनको अवस्थामा मध्यम छ। घटनास्थलमा प्रहरी सहायक निरीक्षक उद्धबराज जोशीको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएर मोटसाइकल, ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार