गुडिरहेको एम्बुलेन्समा एक्कासि आगलागी

पोखरा : स्याङ्जाको पुतलीबजार १, करेनडाँडामा गएराति एम्बुलेन्समा आगलागी भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बिरामी बोकेर वालिङबाट पोखरातर्फ आउँदै गरेको गह्रौ प्राथमिक अस्पताल वालिङको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा गएराति १० बजे एक्कासि आगलागी भएको हो।

Seti Hospital

आगलागीबाट मानवीय क्षति टरेको भए पनि एम्बुलेन्स जलेर पूरै ध्वस्त भएको छ। आगो लागेको खबरपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले राति सवा ११ बजे आगो नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

एम्बुलेन्सको तार सर्ट भई आगलागी भएको बताइएको छ । सोको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार