शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासमा धमाधम भेटिँदै डङ्गर प्रजातिका गिद्दका गुँडहरु

धनगढी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका छन्। डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण सङ्घ ९ विसिएनका चराविज्ञ हिरुलाल डगौराले बताए ।

उनका अनुसार डङ्गर प्रजातिका गिद्ध निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ ।

SHIKHAR COOL TECH

सर्भेका क्रममा कञ्चनपुरसँगै डडेल्धुरामा दुई, कैलालीको चरा तथा जैविक विविधता क्षेत्रमा १२ वटा डङ्गर गिद्धका गुँड फेला परेका छन्। भने, बैतडीको खोड्पेमा नौवटा हिमाली गिद्धका गुँड पाइएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार