बाजुरा कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड

बाजुरा : जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएर राति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शितल रावतले जानकारी दिए ।

“एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ”, उनले भने ।

Dengue

जिल्ला प्रहरी कार्यालय बाजुराले गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ । “बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ ।

सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ”, जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार