बाढी प्रभावित २१९ परिवारलाई राहत वितरण

धनगढी : बाढी प्रभावित २१९ परिवारलाई राहत वितरण गरिएको छ । कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई राहतस्वरुप गैरखाद्य सामग्री दिइएको हो। 

भदौ पहिलो साता आएको बाढीले सो गाउँपालिकाको वडा नम्बर ३ र ५ का ५४७ घरपरिवार प्रभावित भएका थिए । जसमध्ये अतिप्रभावित परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा बहुउद्देश्यीय समाज डडेलधुराले राहत प्रदान गरेको छ । 

Dengue

प्रभावितलाई सेल्टर किट, हाइजिन किट, डिगनिटी किट, साबुन, झुल, खानेपानी शुद्धीकरण गर्ने फिल्टर लगायतका गैरखाद्य सामग्री दिइएको छ ।

कुल २४ लाख ५२ हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको समाजका डीआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार