महाबौद्द क्लिनिकको स्थापना दिवश: छात्रावासमा नि:शुल्क स्वास्थ्य परिक्षण 

दशरथ भट्ट

कैलाली । आमाको माया छात्रावासमा नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।

आफ्नो स्थापना दिवशको अवसरमा धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको महाबौद्द छाला तथा लेजर क्लिनिकले छात्रावासमा नि:शुल्क स्वास्थ्य चेकजाँच गरेको हो ।   

Dengue

स्वास्थ्य चेकजाँचका क्रममा क्लिनिकले छात्रावासका २२ जना विद्यार्थीको छाला तथा यौन रोगसम्बन्धी जांच गरिएको थियो भने नि:शुल्क औषधीसमेत वितरण गरिएको थियो ।

छात्रावासका २२ जना र अन्य ३३ जना गरि कुल ५५ जनाको स्वास्थ्य जाँच गरिएको क्लिनिकका संचालक दिपक जोशीले जानकारी दिएका छन् । जोशीका अनुसार विधार्थी र अन्यको काठमाडौँ आर्मी अस्पतालका बरिष्ट छाला, एलर्जी, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सुनिल शाक्यले चेकजाँच गरेका हुन् ।

स्थापनाको ३ वर्ष पूरा गरेर चौथो वर्षमा लागेको महाबौद्द छाला तथा लेजर क्लिनिकमा प्रत्येक दिन  वरिष्ठ छाला, एलर्जी यौनरोग तथा सौंदर्य  विषेशज्ञ डाक्टर शम्भुदत्त जोशीद्वारा  छाला, एलर्जी, नङ, कपाल तथा यौन रोगको उपचार लेजर  प्रविधिद्वारा गरिंदै आएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार