घुम्नैपर्ने भूस्वर्ग खप्तड… (फोटो फिचर) 

भक्तराज जोशी

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल हो, खप्तड ।  चार जिल्ला (बझाङ्ग, बाजुरा, डोटी र अछाम)को संगमस्थल समेत रहेको खप्तड धार्मिक रुपमा पनि त्यत्तिकै प्रसिद्द छ । 

खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिवमन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता प्रसिद्द धार्मिक स्थलहरू पनि यही खप्तड क्षेत्रमा पर्दछन । वर्षको ६ महिना हिउँ पर्ने खप्तड हिन्दुहरुको पवित्र धार्मिक स्थल पनि हो । 

Dengue

भूस्वर्गका रुपले परिचित खप्तडमा वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुमफिरका लागि पुग्ने गर्दछन । अझ प्रसिद्द त्रिवेणी नदीमा स्नान गर्न र हुड्के नाचको आनन्द लिन पनि खप्तडमा पर्यटकको घुइंचो लाग्नेगर्छ ।

धार्मिक रुपले जति प्रसिद्द र प्रख्यात छ, त्यति नै प्राकृतिक सुन्दरताले पनि खप्तड भरिपुर्ण छ । करिब २ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तडलाई  विश्वमै दुर्लभ थलथले घाँसले भरिपुर्ण मैदान पनि भन्ने गरिन्छ । खप्तडमा सानाठूला गरि २४ वटा फाँट रहेका छन् । जुन हेर्दा निकै सुन्दर र मनमोहक देखिने गर्दछ । बाँकी फोटोहरुमा हेर्नुहोस्:  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार