बाजुरा : बाजुराको हिमाली गाउँपालिका-२ रुम्दीमा पहिरोले कुवाडी नदी थुनिएको छ । शुक्रबार सुख्खा पहिरोले कुवाडी नदी थुनिएको हो ।
नदी थुनिएपछि प्रहरीको टोली सम्बन्धित क्षेत्रमा खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
हिमाली गाउँपालिका २, ४ र ५ लगायतका वडाका अधिकांश बस्तीहरु डुबानको उच्च जोखिममा छन् । हिमाली गाउँपालिकाले पनि सूचना जारी गर्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
कुवाडी नदी थुनिएकाले कुवाडी र कर्णाली नदीको आसपासका क्षेत्रमा कुनै पनि समयमा पहिरोसहित पानीको बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्