सबैभन्दा बढी डेंगु सङ्क्रमित कास्की र तनहुँमा

काठमाडौँ : देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका  छन्  ।

देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको थियो । त्यसपछि ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार यो तथ्याङ्क माघयताको हो ।

Dengue

देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार