नेपाल रेडक्रस सोसाइटीद्वारा पहिरो पीडित परिवारलाई राहत वितरण

बाजुरा : नेपाल रेडक्रस सोसाइटी बाजुराले पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ।

जिल्लाको हिमाली गाउँपालिका गाई खर्कमा पहिरोमा परेर घाइते भएका तीनजनाको परिवारलाई वितरण गरेको हो। वडा नम्बर ३ बौडी, गाईखर्कमा गत साउन २६ गते पहिरोमा परी भएका परिवारलाई राहत वितरण गरिएको बताइएको छ।

Dengue

तुलधन बुढा, मानबहादुर रोकाया र मुसबहादुर रोकाया गरी तिन परिवारलाई रेडक्रसले राहत वितरण गरेको छ। त्रिपाल, भाँडाकुँडा, कम्मल र लगाउने धोती साडीसहितका सामग्री उपलब्ध गराएको रेडक्रस सोसाइटी बाजुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार