सेफ्टीट्यांकीमा निसास्सिएर दुई मजदुर र एकजना घरधनीका छोराको मृत्यु

नवलपुर : नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टीट्यांकीमा निसास्सिएर तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई मजदुर हुन् भने एकजना घरधनीका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रानीनगरमा भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टीट्यांकीभित्र काम गर्ने क्रममा तीनैजना अचानक बेहोस भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइएकोमा उनीहरूको मृत्यु भएको हो।

SHIKHAR COOL TECH

निसास्सिएर घरधनी भोलाका ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, विनयी त्रिवेणी–७ का १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ का २८ वर्षीय मोहम्द राजा छन्।

अक्सिजनको अभाव भएर बेहोस भएका उनीहरूलाई उपचारका लागि लगिएकोमा प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार