गाैरा मेलामा झडप : दुई जना घाइते, तीन जना पक्राउ

बैतडी : बैतडीमा गौरा पर्वको मेलामा झडप हुँदा नेपाली सेनामा कार्यरत नरेन्द्र बिष्टसहित दुई जना घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गाैरा खेलमा एक आपसमा विवाद हुँदा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार घर भइ गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना घाइते भएका हुन्।

हिजाे बेलुका झडप हुँदा सेनामा कार्यरत बिष्टको टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए। यस्तै सुरजको मुखमा चोट लागेको छ। दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी ल्याउने तयारी भएको वडा अध्यक्ष भट्टले जानकारी दिए।

Dengue

घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका-५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा रहेका छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार