धनुषामा निगमकै दुई कर्मचारीबीच झगडा हुँदा वर्माको ह*त्या

काठमाडौं : धनुषामा नेपाल आयल निगमका एक कर्मचारीको ह*त्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर डिपोमा कार्यरत राकेश वर्माको ह*त्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निगमकै दुई कर्मचारीबीच झगडा हुँदा वर्माको ह*त्या भएको हो । सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।

Dengue

घटना बिहीबार राति १० बजेको हो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, परिचय भने खुलाएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार