बेलौरीको सिद्धनाथ मन्दिर समितिले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न, उपाधि धनगढीलाई

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा  सिद्धनाथ मन्दिर समितिले  यही भदौ ८ गतेदेखि आयोजना गरेको सिद्धनाथ वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  सो प्रतियोगिता  बिहीबार साँझ भएको फाइनल खेलमा आयोजक सिद्धनाथ मन्दिर समिति ‘ए’ लाई ३–१ सेटको अन्तरले पराजित गर्दै धनगढी उपमहानगरपालिका  ८ ले उपाधि जितेको हो । 

विजेता धनगढी उपमहानगरपालिकाले २१ हजार एक सय ११ र उपविजेता  आयोजक सिद्धनाथ मन्दिर समिति ‘ए’ लाई ११ हजार एक सय ११ सहित मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ । त्यस्तै बेलौरी नगरपालिका ९ को टिमले तृतीय स्थान प्राप्त गर्दै ७ हजार ७ सय ७८ सहित, मेडल र प्रमाणपत्र प्राप्त गरेको  सिद्धनाथ मन्दिर कार्य समितिका अध्यक्ष दिनेश राज भट्टले बताए ।

Dengue

समापन कार्यक्रमलाई सम्बोधन गर्दै  बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सबै समुदायका चाडपर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउन नगरपालिकाले प्रोत्साहन गर्दै आएको बताउँदै नगरपालिका स्वयं वा मातहतका वडा एवम् शाखाहरूबाट यस्ता कार्यक्रमलाई सहयोग गर्न नगरपालिका सदैव तयार रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार