बिहीबार साँझ घरबाट हराएकी बालिकाको आज बिहान नहरको किनारमा शव फेला

बर्दिया : बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।  

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति  नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

Dengue

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार