लागू औषध मुद्दाका कैदीले भरिए कैलाली जिल्लाका कारागार

धनगढी : कैलाली जिल्ला कारागार लागुऔषध मुद्दाका कैदीले भरिएको छ। जिल्ला कारागारमा ५५६ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषधसँग सम्बन्धीत मुद्दाका रहेका छन्।

कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए। जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ। १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ। कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा रहेका छन्।

Dengue

थप ३७ जना थुनुवा रहेका छन्। उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो। कारागारमा रहेका १७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन। १४० जनाको मात्र अन्तिम सुनुवाइ भइको हो। १४० जना लागुऔषध मुद्दामा दोसी ठहर भएर कारागारमा कैद जीवन बिताइ रहेका हुन्।

कैलाली जिल्ला कारागारमा लागुऔषध मुद्दाका कैदीहरूले भरिएको कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले बताए। उनले खुल्ला सिमानाका कारण पनि लागुऔषध कारोबार तथा सेवनका घटनामा कमी नआएको हुन सक्ने बताए। उनले भने, ‘कारागारमा क्षमता भन्दा बढी मान्छे छन्। फेरि पनि समाजमा यो अपराध किन घटिरहेको छैन ? तराइमा यो समस्या छ, कैलालीमा अझ बढी छ। खुल्ला सिमानाका कारणले समेत हुन सक्छ।

कैलाली जिल्ला कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक गरेर ५५६ जना रहेका छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ। कैलाली जिल्ला कारागारमा कैदीको सङ्ख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो। कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकाँस लागुऔषध मुद्दाका रहेका छन्।

जिल्लामा पहिलो पटक लागुऔषध मुद्दामा कारागार गएका कैदीहरु कै सङ्ख्यामा दोहोरीने कैदीको सङ्ख्यासमेत रहेको छ। कम समय वा ५/६ महिनाका लागि मात्र कैद भुक्तानी गर्न कारागार बसेका कैदीहरू दोहोरीने गरेका हुन्। उनीहरू कारागार मुत्त भएपछि बढी लागुऔषधको सेवन गर्ने गरेका तथ्य फेला गरेका कारागार प्रशासनले बताएको छ।

तर, कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले खुल्ला सिमाना, बेरोजगारी, अशिक्षा र गरिबीका कारणले समेत कैलालीमा लागुऔषधका मुद्दाको सङ्ख्या धेरै भएको बताए। उनले भने, ‘भारतसँग सिमाना जोडिएको एक कारण हुन सक्छ। तर, बेरोजगारी, गरिबीका कारणले यस्लाई व्यवसायको रूपमा बाँचने आधार बनाउनलाई पनि त्यता पटी युवा लागेका हुन की ? अर्काे तिर सँगत, गरिबी, अशिक्षा र बेरोजगारीका कारणले मानिसहरू लतमा लाग्ने र सेवन प्रयोजनमा लाग्ने गरेका छन्। खुल्ला सिमाना भएकाले पारि जाने गरेका छन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार