काठमाण्डौका १२ जना नगर प्रहरीको तह वृद्धि

काठमाण्डाै : काठमाण्डौ महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि भएको छ । महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्था बमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह वृद्धि गरिएको हो ।

तह वृद्धि गरिएका प्रहरीहरूलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । दर्ज्यानी चिह्न प्रदान गर्दै उहाँले महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकाले अनुशासित, निष्पक्ष, इमानदार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिनुभयो ।

Dengue

कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख एवम् नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरूले महानगरका नीति, योजना तथा कार्यक्रम र शहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वासमा आँच आउन दिन नहुने उल्लेख गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार