बिहीबार नेप्से र कारोबार दुवैमा गिरावट

काठमाडौं : पुँजीबजारमा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से र कारोबार दुवै घटेको छ । बजारमापक परिसूचक नेप्से बिहीबार ३६.८३ अंकले घटेर २७४९.५७ को बिन्दुमा झरेको छ । तीन हजार अंकमा पुगेको बजार यो साता उथलपुथलपूर्ण हुँदा २७ सयको बिन्दुमा आइपुगेको हो । 

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार १३ अर्बभन्दा बढीको शेयर किनबेच भएकोमा बिहीबार १२ अर्ब २४ करोडको कारोबार भएको छ । साताको अन्तिम दिन १८८ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ भने ५३ कम्पनीका शेयरधनीले कमाएका छन् । 

Dengue

बजार ओरालो लागेको दिनमा पनि कुथेली बुखरी स्माल हाइड्रो कम्पनीको शेयरमूल्यमा भने सकरात्मक सर्किट लागेको छ । यस्तै रसुवागढी हाइड्रोको मूल्य सर्किट लेभलमा बढेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार