अपि सैपाल सहकारीको बारेमा गलत अफवाह फैलाएर बदनाम गर्न खोजेको : नगरप्रमुख भट्ट

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले अपि सैपाल सहकारीको बारेमा गलत अफवाह फैलाएर बदनाम गर्न खोजेको भेटिएको बताएका छन । सहकारीको १५औ साधारण सभामा बोल्दै उनले सहकारीको बारेमा बजारमा हल्ला सुनेपछि नगरपालिकाले पनि नियमन गर्न खोजेको बताए ।

‘सहकारीहरुको नियमन गर्ने काम पनि थानिय सरकारले गर्ने गर्दछ । अपि सैपालको विषयमा उठेका विषयमा सहकारीको समिति सँग कुनै समन्वय नगरी कर्मचारीहरुसँग हामीले जानकारी लियौ । कर्मचारीहरुसँग भित्र केही बदमासी भएको छ की, पैसा हिनामिना भएको छ की, संस्था बदनियत रुपमा हिडेको छ की भन्ने विषयमा बुझ्यौ, तर त्यस्तो केही पनि भेटिएन’ उनले भने ‘गलत अफवाह फैलाएर संस्थालाई बदनाम गर्ने काम भएको भेटियो ।’ उनले समाजमा वित्तिय सेवा दिईरहेको संस्थाको बदनाम गर्ने काम समाजबाटै हुने गरेको बताए ।

Dengue

आफ्नो स्वार्थका लागि एक अर्काका पछि लागे यहाँको विकास गर्न समस्या हुने बताउदै उनले त्यस्तो विषयमा सबैले संवेदनशिल हुन आवश्यक रहेको बताए । उनले पत्रकारहरुले पनि अफवाह फैलाउने काम नगरी गलत भएको प्रष्ट रुपमा बाहिर ल्याईदिनुपर्ने बताए । आफु पनि सहकारीको शेयरसदस्य भएको बताउदै उनले सहकारीमा बचत गरेको कुनै पनि रकम हिनामिना नहुने कुरामा आफु विश्वस्त रहेको बताए ।

उनले सहकारी संस्थाको कारणले नगरबासीहरुको उल्लेखनिय कार्यका लागि सहयोग पुगेको बताए । उनले नगरबासीहरुको जिवनस्तर माथि उकास्ने कार्यमा थप सहयोग आवश्यक परे नगरपालिका सदैव तत्पर रहेको समेत बताए ।

यस्तै संस्थाका अध्यक्ष बसन्त रोकायाले फरार भएकी बिनाले सहकारीलाई नभई व्यक्तिलाई ठगेको बताए । उनले सहकारीको नाममा रकम दिने सदस्यहरुले पनि वर्षमा एक चोटी सहकारीमा आफ्नो रकमको बारेमा जानकारी लिईराख्नुपर्ने बताए । उनले सहकारीमा बचत गरेको रकमको जिम्मेवारी सञ्चालक समितिले लिने बताउदै ढुक्क भएर बचत गर्न आग्रह समेत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार