दार्चुलाको श्री महादेव मा वि घुसाको ६८ औं वाषिर्कोत्सव सम्पन्न

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महादेव मा वि घुसाको ६८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस २०८१ भब्यरुपमा भएको छ ।

विक्रम संवत् २०१३ सालमा स्थापित साबिकको घुसा गाविसको एक मात्रै माध्यमिक विद्यालय हालको अपिहिमाल गाउँपालिका वडा नम्बर १ र २ को उच्च शैक्षिक संस्था महादेव मावि घुसाको बार्षिकोत्सब एक समारोहका बिच (हिजो २०८१/०५/१२ गते) सम्पन्न भएको हो ।

Dengue

विद्यायल व्यवस्थापन समितिका अध्यक्ष धनसिंह धामीको अध्यक्षतामा आयोजित वार्षिकोत्सब समारोहमा अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै विभिन्न बिधालयका प्र अ . र शिक्षकहरुको बिशिस्ट आतिथ्यता एवम खण्डेश्ररी प्रहरी चौकी इन्चार्ज रमेश नाथ, विव्यस सदस्यहरु, शिक्षक अभिभावक संघ पदाधिकारी, स्थानीय अभिभावक लगायतको आतिथ्यता रहेको शिक्षक बिरेन्द्र धामीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा महादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरी धामीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विव्यस सदस्य दमन सिंह धामी, सहायक प्रधानाध्यापक दिलेन्द्र लोथ्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक सागर कार्कीले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । विभिन्न सांस्कृति प्रस्तुती र अतिथिहरुको शुभकामना मन्तव्य प्रस्तुती सहित कार्यक्रम भब्यरुपमा सुसम्पन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार