सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि…

बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो।

रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो ।

Galaxy

करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार