तनहुँमा फेरि अर्को दुर्घटना, एकै दिशातर्फका ६ गाडी ठोक्किँदा ४ जना घाइते

तनहुँ : तनहुँमा छ वटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका १ रिमाल्नीमा  सो दुर्घटना भएको हो ।

दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नं को ट्रकसंग ठोक्किएको थियो । बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं को बलेरोलाई ठक्कर दिएको थियो ।

Dengue

बोलेरो गाडीको ढक्कर लागेर सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बस र उक्त बसले ना १ च ८४३४ नम्बरको बलेरो, उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

घाइते हुनेमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका–७ का २४ वर्षीय नवराज गोले, त्यसमा सवार बागलुङ काठेखोला गाउँपालिका–५ का ५९ वर्षीय देवीलाल कँडेल, सोही ठाउँका ४९ वर्षीया विमला कँडेल र सहचालक रौतहट गजुरा नगरपालिका–५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार