बर्साका कारण फेरी कर्णाली राजमार्ग अवरुद्ध

धनगढी : भारी बर्साका कारणले पहिरो जाँदा कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो (बुधवार) दिउसोबाट परेको भारी वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ गगनेखोलामा ठुलो पहिरो जाँदा सडक बुधवार बेलुका ८ः३० बजेबाट अवरुद्ध भएको जनाइएको छ । । 

पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन गगनेखोलामै थन्किएकाले कालीकोट सदरमुकाम मान्मबाट अन्य जिल्ला र स्थानमा जाने यात्रु सदरमुकाममै अलपत्र छन् ।

Dengue

पहिरो गगने खोला सँगै हुल्मवाजर, एसमोड, दहिखोला र कर्णाली करिडोरको रेगिल, फुगाढ लगायतका ठाउँमा आएको पहिरोले करिडोर समेत अवरुद्ध भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार